
काठमाडौँ, असार २७। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्।प्रधानमन्त्री केपी ओलीले आज विश्व जनसङ्ख्या दिवसमा भने, “धेरैले बिहे ढिला गरेर बच्चा नजन्माएर मानिसको सङ्ख्या घट्दैछ। यसले भविष्यमा मानिस नै हुनेछैन।”
उनले भने, “२० वर्षमा बिहे गरेर ३० वर्षसम्म ३ जना बच्चा पाउनुपर्छ। ४० पछि आराम गर्ने हो।” प्रधानमन्त्रीले बच्चा नजन्माउनेले देश र पृथ्वीको अस्तित्वलाई खतरा पुर्याएको बताए।
सरकारले नयाँ जनसङ्ख्या नीति बनाएको छ। ओलीले यसलाई सबैले पालना गर्नुपर्छ भने। उनले धेरै विकसित देशहरुमा पनि मानिसको सङ्ख्या घट्दै गएकाले चिन्ता व्यक्त गरे।
प्रधानमन्त्रीले सन्तान नजन्माउनेलाई “स्वार्थी” भनेर आरोप लगाए। उनले भने, “बच्चा नहुने हो भने देश नै हुनेछैन। सबैले जिम्मेवारी लिनुपर्छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे