
काठमाडौं । निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिँदै छन् ।पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनाबारे बयान दिन जाँचबुझ आयोगको कार्यालय सिंहदरबार पुगेका छन । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर आज उनी आयोग पगेका छन् । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौं २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साझँ नै राजीनामा दिएका थिए । त्यसपछि भदौं २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरहरुमा सार्वजनिक तथा निजी सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे