
काठमाडौँ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो। २० कात्तिकमा विभिन्न पाँच दलको गठबन्धनका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउनेभएपछि राजीनामा दिएका थिए । उक्त राजीनाको दुईदिनपछि नेकपा एमाले संसदीय दलका नेता यादवलाई तत्कालीन प्रदेशप्रमुख सावित्री भण्डारीले नियुक्त गरेकी थिइन् ।
उनले महोत्तरीको एक होटलमा शपथ खुवाएकी थिइन् । यादवको नियुक्तमा प्रदेशसभा दलहरू नै असन्तुष्ट भएपछि सर्वोच्चमा रिट निवेदन परेको हो । २ मंसिरमा अदालतले ९ मंसिरभित्र लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश जारी गरेको थियो । उक्त आदेशपनि आज अन्तिम सुनवाइ हुन लागेको हो । नियुक्ति संविधानको मर्म विपरीत भएको रिट निवेदकहरूको उल्लेख गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे