
काठमाडौं , भदौ १८ ।कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
पूर्वमुख्यमन्त्री कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीशहरु कुमार चुडाल, सपना मल्ल प्रधान र नहकुल सुवेदीको पुर्ण इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हाे ।
यसअघि भदौ ७ गते उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे