
काठमाडौं । आज विश्व वन्यजन्तु दिवस मनाइँदैछ। यस वर्षको दिवसको थीम ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ रहेको छ, जसले पृथ्वीको अतिदोहन रोक्न र यसको जैविक विविधता, पर्यावरणीय र पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिन्छ। यो दिवस वन्यजन्तु र मानवको बासस्थानको संरक्षणको महत्त्वमा सचेतना फैलाउने उद्देश्यले मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घको ६८ औं महासभाले २०१३ को २० डिसेम्बरमा मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको थियो। यस दिनलाई वन्यजन्तु र वनस्पतिको संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा एकता र सञ्जालको सन्देश पुर्याउने दिनको रूपमा मानिन्छ।
सन् १९७३ मा आजकै दिन, लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण गर्ने सिआइटिईएस (CITES) महासन्धिको अनुमोदन गरिएको थियो। सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको बैंककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औं राष्ट्रसंघीय सम्मेलनमा वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गरिएको थियो। यसपछि, वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि विभिन्न राष्ट्रहरूले एकजुट भएर काम गर्ने प्रोत्साहन पाएका छन्।
आजको दिवसले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र जैविक विविधता जोगाउन हामी सबैको जिम्मेवारीको महत्त्वलाई उजागर गर्दै संरक्षणका लागि आवश्यक कदम चाल्न प्रेरित गर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे