
एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तीन अफ्रिकी मुलुकमा विश्वमै पहिलोपटक मलेरिया विरुद्धको खोप लगाउने घोषणा गरेको छ । ग्लाक्सोस्मिथक्लाइन (जीएसके) ले बनाएको ‘मोस्क्विरिक्स’ नाम दिइएको यो खोप लगभग ३० प्रतिशत प्रभावकारी भएको दाबी गरीएको छ र यसको लागि चार डोज को आवश्यकता पर्नैछ । बिल एन्ड मेलिन्डा एन्ड गेट्स फाउन्डेसनले यो भ्याक्सिन बनाउन २० करोड अमेरीकी डलर ठूलो रकम दिएको थियो । औलो विरुद्धको सङ्घर्षमा यो खोप ऐतिहासिक उपलब्धि भएको जनाएको छ। तथापि, अहिले यसको महँगो मूल्यलाई ध्यानमा राख्दै फाउण्डेशनले जनतालाई वितरण गर्ने कार्यबाट हात झिकेको छ। यस फाउन्डेसनले यस हप्ता द एसोसिएटेड प्रेसलाई खोपलाई आर्थिक सहयोग प्रदान नगर्नै जनाएको छ ।
‘मेलिन्डा एण्ड गेट्स फाउन्डेसनका औलो रोग सम्बन्धि कार्यक्रमका निर्देशक फिलिप वेल्खोफले औलोको खोपको प्रभावकारिता हामीले चाहेभन्दा निकै कम भएको भन्दै यस बारेमा अवस्था बारे बताउनुभयो । यो खोप पनि निकै महँगो छ र यसलाई सही मानिसहरूलाई उपलब्ध गराउन पनि निकै चुनौतीपूर्ण छ, ‘उनले भने, ‘हामीले धेरैभन्दा धेरै जीवन बचाउनु परेको छ भने खोपको मूल्य र गुणस्तर दुवै हेर्नुपर्छ।’
वेल्खोफले गेट्स फाउन्डेशनले यस परियोजनाबाट हट्ने विचार गरेको बताए। वेल्खोफले गेट्स फाउण्डेशनले खोप परियोजना ‘गावि’ लाई निरन्तर सहयोग गर्ने बताए। यस परियोजना अन्तर्गत घाना, केन्या र मलावीका तीन अफ्रिकी देशका मानिसहरूले सुरुमा यो खोप पाउनेछन्। यसका लागि फाउन्डेसनले करिब १५ करोड ६० लाख अमेरिकी डलर लगानी गरेको छ।
मेलिन्डा एण्ड गेट्स फाउन्डेसनको निर्णयप्रति केही वैज्ञानिकले निराशा व्यक्त गरेका छन् । यसले गर्दा लाखौं अफ्रिकी बालबालिका औलोबाट मर्न सक्ने उनले चेतावनी दिए । साथै, यस निर्णयले जनस्वास्थ्यमा भएका समस्याहरू समाधान गर्ने भावी प्रयासलाई कमजोर बनाउन सक्छ। हार्वर्ड विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. डायन विर्थले यस खोपलाई बजारमा ल्याएर गेट्स फाउन्डेशनले आफ्नो भूमिका निर्वाह गरेको बताए। अब यो देश, दानदाता तथा अन्य स्वास्थ्य संगठनहरू माथि निर्भर रहन्छ कि उसले आफ्नो प्रयोग सुनिश्चित कसरी गर्न सक्छन्।
‘अबको ५ वर्षमा थप १ खोप हुन सक्छ’
लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका जैविक विज्ञानका डिन एलिस्टेर क्रेगले भनेका छन् कि ूयो विश्वकै ठूलो खोप होइन तर यसको प्रयोगले ठूलो असर पार्न सक्छ।ू अर्को ५ वर्षमा अर्को खोप स्वीकृत गर्न सकिनेछ । तर त्यतिबेलासम्म पर्ख्यौं भने थुप्रै मानिसले आफ्नो ज्यान गुमाउन सक्छ ।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपलाई संकेत गर्दै क्रेगले भने, बायोएनटेकले विकास गरिरहेको मलेरिया विरोधी खोप ूमेसेन्जर आरएनएू प्रविधिमा आधारित हुनेछ, तर यो परियोजना अझै प्रारम्भिक अवस्थामा छ ।
मलेरिया विरुद्धको खोपको मार्गमा अर्को प्रमुख अवरोध भनेको उपलब्ध हुनु हो। जीएसकेले बताएअनुसार यसले सन् २०२८ सम्ममा प्रतिवर्ष १.५ करोड मात्र खुराक उत्पादन गर्न सक्छ। अफ्रिकामा वर्षेनी जन्मेका २ करोड ५० लाख बालबालिकाको सुरक्षाको लागि वर्षेनी कम्तीमा पनि १० करोड खोपको आवश्यकता पर्नेछ । यस्तो अवस्थामा यो खोप उत्पादनगर्ने प्रविधि अरु देशका औषधि कम्पनीलाई दिन सकिन्छ । यसो गरेमा पनि ठूलो परिमाणमा खोप उत्पादन गर्न वर्षौं लाग्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे