
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। अविरल वर्षापछि खोलामा पानीको बहाव अत्यधिक बढेपछि ३२ वर्षीया कमला बलामी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बेपत्ता बलामीको खोजीका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। घटनास्थलनजिकै रहेका तीनवटा गोठ बगाउँदा त्यहाँ रहेका अशोक बलामी घाइते भएका छन्। उनलाई उद्धार गरी तत्काल उपचारका लागि काठमाडौं पठाइएको छ।
बाढीले गोठमा रहेका पशुचौपाय र अन्य सामग्रीहरू समेत बगाएको बताइएको छ। खोलामा पानीको बहाव अझै उच्च रहेकोले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे