
झापा , १७ पुस | झापा शिवसताक्षी नगरपालिका ११ मा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ बर्षीया कृष्णमाया भण्डारी रहेकी छिन् । कृष्णमाया भण्डारीको मृत्यु भएको छ भने उनका श्रीमान् शान्तिराम भण्डारी गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान जङ्गली हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा कृष्णमाया भण्डारीलाई हात्तीले आक्रमण गरेको र घाइते कृष्ण माया लाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे