
काठमाडौ , ५ भाद्र | नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको ७४ वर्षको उमेरमा निधन भएको छ।क्यान्सर रोगबाट पीडित नेता गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । उनको एक महीनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।
क्यान्सरको समस्या देखिएपछि उनको भारतमा उपचार भएको थियो। उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या आएको थियो।त्यसपछि उनी एक महीनाअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया देखिएको थियो। निमोनियासँगै क्यान्सरबाट उत्पन्न समस्याले च्यापेपछि उनका सबै अंगले काम गर्न छाडेको परिवारजनले बताएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीको निधनसँगै नेपालले एक सच्चा र असल नेता गुमाएको बताए । प्रधानमन्त्री देउवाले एक विज्ञप्तिमा भनेका छन्, “‘ नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु ।उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे