
काठमाडौं , १० भदौ । सुनसरीको धरानमा आइतबार बिहानबाट स्थानीय प्रशासनले निषेधाज्ञा हटाको छ । निषेधाज्ञा हटेसँगै धरानमा चहलपहल सुरु भएको छ ।
धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी ) ले धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरेको थियो । निषेधाज्ञाको कारण शनिबार दिनभर धरान सुनसान बनेको थियो ।निषेधाज्ञामा धरानमा शनिबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे