
काठमाडौँ, फागुन २१ ।एमाले निकट मजदुरहरूको संगठन जिफन्ट कार्यक्रमलाई, सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरणमा आफूहरू नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको,सत्ता समीकरणमा भएको फेरबदलले देश भताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास व्यक्त गरे ।
हामी अलिक नयाँ ढंगले जान खोजिरहेका छौं। आजको राजनीति छिटोछिटो परिवर्तन हुँदै गरेको छ,उनले भने,हेरौं कत्तिको प्रभावकारी ढंगले अगाडि बढ्छ ।
आंशिकरूपले भए पनि देशको भताभुंग बिग्रिएको छ, त्यसबाट सकारात्मक बाटोतर्फ अगाडि बढ्छ भन्ने विश्वास मैले लिएको छु । एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे