
काठमाडौं।उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्ती गाउँ पसेर दुःख दिन थालेको छ। स्थानीयका अनुसार हात्ती प्रायः राति गाउँमा आएर घरमा राखिएको अन्न र खेतबारीको बाली नष्ट गर्छ। शनिबार राति हात्तीले अमृत अधिकारीको घरको बार भत्काएर अन्नमा क्षति पुर्याएको बताइएको छ।
त्यसैगरी, पर्शुराम हुजदारको घरको भकारी भत्काएर धान खाएको छ। हात्ती मध्यरातमा आएर घर वरिपरिका बिरुवा खाने र अन्न नष्ट गर्ने गरेको स्थानीयले बताए। हात्तीको डरले कतिपय गाउँले रातभरि आगो बालेर जाग्राम बस्नुपरेको छ। चिसो बढ्दै जाँदा हात्तीको उपद्रो झन् बढेको भन्दै स्थानीयवासी चिन्तित छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे