
सर्लाही, असोज १० । सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गएराति एक बजे हरिपूर्वा नगरपालिका(५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् ।
गोली लागेर युवकको बुवा घाइते भएका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अर्का एक जना साथीसँगै बुधवार राति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार थिए ।
टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । नलाई वायाँ हातमा गोली लागेको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । स्थानीयका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरमा नबस्ने गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे