
काठमाडौं, साउन १६। पाँचथरमा श्रीमानको कोदालो प्रहारबाट एक महिलाको ज्यान गएको छ। फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङले बुधबार राति आफ्नी २२ वर्षीया श्रीमती अनु राईमाथि कोदालो प्रहार गरेका थिए। अनु फिदिम नगरपालिका–१ स्थित माइती घरमा बस्दै आएकी थिइन्। पारिवारिक झगडाका कारण कोदालो प्रहार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
गम्भीर घाइते भएकी अनुलाई झापाको बिएण्डसि अस्पताल लगिएको थियो, जहाँ शुक्रबार बिहान उनको मृत्यु भयो। घटना पछि फरार भएका महेन्द्र तामाङलाई फिदिम–६ सिवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनी प्रहरी हिरासतमा छन् र थप अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे