
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगर्दा आशंका र उपशंका जन्माएको बताएका छन्। काठमाडौँ ।पौडेलले सरकारले एउटा महत्त्वपूर्ण छानबिन प्रतिवेदन अझै सार्वजनिक नगरेको भन्दै प्रश्न उठाएका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा एउटा आयोग बनाइएको थियो। उक्त आयोगले आफ्नो काम सकाएर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, लामो समय बितिसक्दा पनि सरकारले त्यो प्रतिवेदन सार्वजनिक गरेको छैन।
पौडेलका अनुसार, प्रतिवेदन सार्वजनिक नहुँदा जनतामा विभिन्न शंका र जिज्ञासा पैदा भएका छन्। “के कारणले प्रतिवेदन रोकिएको होरु किन सार्वजनिक गरिँदैनरु” भन्ने प्रश्न उठ्न थालेको उनले बताएका छन्।
उनले अब अन्तरिम सरकारको समय सकिन लागिसकेको अवस्थामा पनि प्रतिवेदन सार्वजनिक नगर्नु जिम्मेवारीबाट पन्छिनुजस्तै भएको बताए। उनका अनुसार, आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको कर्तव्य हो।
यस विषयमा नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठकबाट प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ। पौडेलले सरकारलाई ढिलाइ नगरी छिट्टै प्रतिवेदन सार्वजनिक गरेर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे