
काठमाडौँ , १६ भाद्र |विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण घटेको बताएको छ ।सङ्क्रमण घटेसँगै मृत्युदर पनि घटेको डब्ल्युएचओले बताइरहेको छ तर दक्षिण कोरियामा भने ठिक उल्टो भइरहेको छ ।
अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण र सङ्क्रमणबाट मृत्यु हुनेको दर बढेको छ ।दक्षिण कोरियामा कोभिड–१९ महामारीको भय आउँने शंखा गरिएको छ । हिजो बुधबार एकै दिन एक सय १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार आठ सय ७६ पुगेको छ ।
हिजो बुधबारको विवरण अनुसार देशमा ८१ हजार पाँच सय ७३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो सँगै कोरियामा कोभिड सङ्क्रमितको सङ्ख्या दुई करोड ३३ लाख २७ हजार आठ सय ९७ पुगेको छ ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उत्तरी गोलाद्र्धमा शिशिर यामको शुरूवातसँगै कोभिड–१९ को अझ खतरनाक लहर आउनसक्ने चेतावनी दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे