
गौरादह, २०८१ फागुन १९ – गौरादह नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीको स्वागत कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिका कार्यालयमा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, अधिकृतस्तर आठौं नरेश कट्टेल, वडा सचिवहरू तथा नगरपालिका कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा नगरप्रमुख सुवेदी, उपप्रमुख राजवंशी र अधिकृत कट्टेलले स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई नयाँ कार्यअवधिको सफलताको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने विषयमा समन्वयात्मक कार्यशैली आवश्यक रहेकोमा जोड दिएका थिए।
उक्त कार्यक्रममा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरूले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई सहज र द्रुत बनाउन प्रतिबद्ध रहने बताएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे