
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख, वडा अध्यक्षहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नागिलालाई स्वागत गर्दै नगर नेतृत्वले उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको थियो।
नगरपालिकाले सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्न समन्वयात्मक कार्यशैलीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। साथै, सहभागी जनप्रतिनिधिहरू तथा कर्मचारीहरूले नगरको समृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने धारणा राखेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे