
काठामाण्डौ ९ श्रावण।शैक्षिक व्यवसायीहरूलाई सशक्तिकरणार्थ काठमाडौंमा वेबस्टर विश्वविद्यालय( Webster University) को सूचनात्मक कार्यक्रम प्रख्यात शैक्षिक संस्था वेबस्टर युनिभर्सिटीले राजधानी शहर काठमाडौंका शैक्षिक व्यवसायीहरूका लागि विशेष रूपमा रोचक ढङ्गबाट डिजाइन गरिएको सूचना सत्र कार्यक्रम सक्रियता साथ आयोजना गरेको छ।
कार्यक्रमको सुरुवात नेपाल रिसर्क्युटमेन्ट निर्देशक सुवास थापाको न्यानो स्वागत मन्तव्यका साथ गरिएको थियो । शिक्षा क्षेत्रका प्रमुख सरोकारवालाहरूको फलदायी र उत्साहजनक भेलाको प्रमुख उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा दुई प्रखर वक्ताहरू क्रमशः वेबस्टर युनिभर्सिटीको जर्ज हर्बर्ट वाकर स्कूल अफ बिजनेश एण्ड टेक्नोलोजीका डीन डा. सिमोन कमिङ्स र वेबस्टर युनिभर्सिटीको अन्तर्राष्ट्रिय भर्नाका लागि एसिस्टेन्ट भाइस प्रेसिडेन्ट सम्राट रे चौधरीको उपस्थिति थियो।
दुवै वक्ताहरूको प्रस्तुतिमार्फत अमेरिकी शैक्षिक प्रणाली र वेबस्टर युनिभर्सिटीमा प्रस्तावित पाठ्यक्रमहरूको बारेमा महत्त्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो ।
जसले सहभागीहरूलाई युनिभर्सिटीको शैक्षिक उत्कृष्टता र समग्र विद्यार्थी विकासको लागि संस्थाको प्रतिबद्धताको व्यापक बुझाइ प्राप्तगर्न सजिलो भएको थियो।
उक्त कार्यक्रमको माध्यमबाट, उनीहरूले वेबस्टर युनिभर्सिटीमा अध्ययन पूरा गरेपछि विद्यार्थीहरूले पाउन सक्ने अवसरहरूको विविध पक्षहरूमा प्रकाश पारे ।
साथै आफ्ना विद्यार्थीहरूलाई उनीहरूले रोजेकै क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्न आवश्यक सीप र ज्ञानहरू प्रदान गर्न युनिभर्सिटीको प्रतिवद्धता र समर्पण निरन्तर रहेको बताए।
वेबस्टर युनिभर्सिटीले आफ्नो विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक कुनै पनि कुराहरूमा कहिल्यै सम्झौता नगर्ने विश्वास दुवै वक्ताले उपस्थित समुदायलाई दिलाएका थिए।
कार्यक्रममा, विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक गतिविधिहरूमा मार्गदर्शन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका एजेन्टहरूले, वेबस्टर युनिभर्सिटीसँगको आफ्ना मिठा अनुभवहरू सुनाउदै अत्यधिक सन्तुष्टि व्यक्त गरेका थिए।
उनीहरूले सन्तुष्टिको लागि आफ्ना विद्यार्थीहरू प्रति हृदयदेखि कृतज्ञता व्यक्त गरेका थिए।
एजेन्टहरूले आफ्ना विद्यार्थीहरूलाई असाधारण उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्न युनिभर्सिटीले निरन्तर सहयोग र समर्थन गरेको यथार्थ सुनाउदै वेबस्टर युनिभर्सिटीको खुलेर प्रशंसा गरे।
उक्त कार्यक्रमले ज्ञान-साझेदारी प्लेटफर्मको रूपमा मात्र काम नगरेर वेबस्टर युनिभर्सिटी र यस क्षेत्रका शैक्षिक पेशेवरहरू बीचको सम्बन्धलाई अझैँ बलियो र सुमधुर बनाएको थियो।
अर्थपूर्ण देखिने सान्दर्भिक छलफल र कृतज्ञताको अभिव्यक्तिहरूले भरिपूर्ण उक्त कार्यक्रमले वेबस्टर युनिभर्सिटीको आफ्ना विद्यार्थीहरूलाई पठनपाठनमा आवश्यक सम्पूर्ण वातावरण जुटाउन सहयोग गर्ने प्रतिबद्धतालाई जोड दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे