काठमाडौंमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा आज मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ ।भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे