
काठमाडौँ– हाल देशभर खासै प्रभाव पार्ने खालको कुनै ठूलाे मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समग्रमा मौसम सामान्य रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक रूपमा बादल देखिन सक्छ भने देशका अन्य भू–भागमा मौसम प्रायः सफा रहनेछ। यसले गर्दा दैनिक गतिविधि सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, आज राति पनि तराईका केही क्षेत्रमा हुस्सु लाग्ने अनुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्न सक्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया खुला रहनेछ। चिसो मौसमका कारण बिहान र रातिको समयमा हुस्सु बाक्लिन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
हुस्सुका कारण विशेषगरी बिहान र बेलुकीको समयमा सडक र हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। साथै, यसले जनजीवन, स्वास्थ्य र पर्यटन क्षेत्रमा पनि केही असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे