
काठमाडौँ २७ असार | धनगढीमा आज (सोमबार) बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचन अघि कुनै पार्टीसँग पनि एकता नहुने बताए ।अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७ सय ५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि बताए।
अध्यक्ष नेपालले भने ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निर्वाचन अघि नै एकता हुने भन्ने खबर आएको थियो ।निर्वाचनमा पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने नजित्ने ठाउँमा सम्मानजनक ढंगले तालमेल गर्ने पनि बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे