
काठमाडौँ, चैत १ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् ।
विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् । उनले बिहीबार बिहानै सामाजिक सन्जालमार्फत मिर्गौला जोगाउन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको पनि बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम हो’ उनले भनेका छन्, ‘डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ ।’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे