
काठमाडौँ ,१३ साउन|परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।परराष्ट्रमन्त्री खड्काले शुक्रबार प्रतिनिधिसभाको बैठकमा यसबारे जानकारी गराएका हुन् ।साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी उनले संसद्लाई दिए ।
उनले बैठकमा भने, ‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ ।आन्तरिक परामर्श गर्नुपरेकाले अमेरिकालाई लिखित जानकारी पठाउन केही ढिला भएको मन्त्री खड्काले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे