
काठमाडौँ ,२१ साउन |नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएको बताएका छन् ।नेता डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्ने समेत बताए ।
पुनर्गठित नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्र्दै विज्ञानको आविस्कार गँदै थुप्रै चिजहरूबाट गुज्रेर मात्र भएजसरी आफूहरूले थुप्रै परीक्षणहरूबाट गुज्रिएर नेपाल समाजवादी पार्टी पुनर्गठन भएको बताए ।
नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गरे । नेता भट्टराईले भने, ‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे