
एजेन्सी । अमेरिकाको वासिङ्टन डिसीमा हिजो मध्य आकाशमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ। विमानमा ६४ जना यात्री र चालक दलका सदस्य थिए भने हेलिकप्टरमा ३ जना सवार थिए। अबसम्म पोटोम्याक नदीबाट ४० जनाका शव निकालिएका छन्।
अधिकारीहरूले दुर्घटनाको कारणबारे हालसम्म पत्ता नलागेको तर विमानको ब्लाक बक्स फेला परेको जानकारी दिएका छन्, जसले अनुसन्धानलाई सहायक बनाउने अनुमान गरिएको छ। नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको छानबिन गरिरहेको छ र एक महिनामा प्रारम्भिक प्रतिवेदन पेस गर्नेछ।
दुर्घटनामा अत्यधिक चिसोका कारण खोज र उद्दारमा कठिनाइ भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनामा गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारसँग भेट गर्ने बताएका छन्।राष्ट्रपति ट्रम्पले भने जहाज दुर्घटना हुनुमा यसअघिको डेमोक्र्याटको सरकारका नीतिलाई दोष दिएका छन्। उनले उड्डयन प्रणाली काम गर्नका लागि भर्ती हुन उच्चतम मापदण्ड हुनुपर्ने बताउँदै यसअघिको प्रशासनको नीतिका कारण दुर्घटना भएको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे