
काठमाडौं , २० कात्तिक |काठमाडौँ महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले रु पाँच हजार जरिवाना गरेको छ । वडाध्यक्ष रिजालले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आयोगले जनाएको छ ।
रिजालले आचारसंहिता विपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको आयोगले पुष्टि गरेको छ ।रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे