
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले नेपाल भाषाको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने पाँचजना साहित्यकारलाई सम्मानित गरेको छ। यस वर्ष अन्तर्राष्ट्रिय मातृभाषा रजत जयन्तीको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गर्दै, वडा नं. २२ ले “कविता बाचन तथा स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न गरेको थियो। उक्त कार्यक्रममार्फत, साहित्यकारहरुलाई सम्मानित गर्दै नेपाल भाषाको महत्व र यसको संरक्षणका लागि स्रष्टाहरूको योगदानको कदर गरिएको हो। यस समारोहमा साहित्यिक समुदायका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे