
काठमाडौँ २७ कात्तिक | उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी प्रतिनिधि सभाको चुनावमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छिन् । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन्।
आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले विजयी बन्नेमा ढुक्क रहेको भुसालले बताएकी छिन् । उनले मतदाताहरु आफूसँग खुशी र सन्तुष्ट रहेको बताइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे