
काठमाडौँ, माघ २५ । बङ्गलादेशका संस्थापक तथा राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। ढाकाको धानमण्डी–३२ स्थित रहमानको घरमा बुधबार मध्यरातदेखि प्रदर्शनकारीले आक्रमण गर्दै बिहीबार बिहानसम्म भत्काउने प्रयास गरे। डोजरहरूको प्रयोग गरेर घरको अगाडिको भागमा तोडफोड गरिएको थियो। सेनाका जवानहरू घटनास्थलमा पुगेपनि चुपचाप देखिएको उल्लेख गरिएको छ।
अवामी लिग समर्थक नेताहरूको घरमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्। उनीहरूले ढाका विश्वविद्यालयको सभा हल र प्रमुख गेटबाट रहमानको नाम हटाए। प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री हसिना वाजेदमाथि भारतमा बसेर बङ्गलादेशविरोधी गतिविधि चलाएको आरोप लगाएका छन् र अवामी लिगलाई कुनै निर्वाचनमा भाग नदिने माग गरेका छन्। बङ्गलादेश मुक्ति युद्धको इतिहासमाथि आक्रमणले अन्तर्राष्ट्रिय आलोचना निम्त्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे