
काठमाडौं। NMB बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ Video Account Opening सेवा सुरु गरेको छ, जसअन्तर्गत अब संसारको कुनै पनि कुनाबाट सजिलै नेपालमा खाता खोल्न सकिन्छ र तुरुन्तै बैंकिङ्ग कारोबार सुरु गर्न सकिन्छ। यो सेवा डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गर्दै, ग्राहकहरूलाई अधिक सुविधा र सजिलो पहुँच उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो।
नयाँ सेवा अन्तर्गत, ग्राहकहरूले भिडियो कलको माध्यमबाट NMB बैंकको खाता खोल्न सक्नेछन्, जसले गर्दा भौतिक रूपमा शाखामा जानु नपर्ने हुन्छ। यस सेवाले विशेषगरी विदेशमा रहेका नेपाली ग्राहकहरूलाई सुविधा पुर्याउने विश्वास गरिएको छ।
खाता खोल्नको लागि ग्राहकहरूले यहाँ क्लिक गरेर आवेदन गर्न सक्नेछन्। NMB बैंकका अधिकारीहरूले यस सेवा मार्फत बैंकिङ्ग सेवा अझ बढी सुलभ र प्रविधि-मैत्री बनाउन मद्दत पुर्याउने र ग्राहकहरूको अनुभवलाई थप उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे