
काठमाडौँ, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन चुनाव अगावै निजी निवासमा सरेका छन्।
उनी आज अपराह्न १ बजे लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन्।
आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेको उनको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।
निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्नेछन्।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे