
काठमाडौँ। बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली दिँदै उनी गएसँगै भारतीय फिल्म क्षेत्रमा एउटा ठूलो अध्याय समाप्त भएको बताएका छन्।
धर्मेन्द्रले सधैं आफूलाई साधारण मानिस भन्थे, तर उनले करोडौं दर्शकको माया र सम्मान कमाए। १९७५ को चर्चित फिल्म शोले मा वीरूको भूमिकाबाट उनी झनै लोकप्रिय बने। करिअरभरि ३०० भन्दा बढी फिल्ममा अभिनय गरे र धेरै फिल्महरू सुपरहिट बने। उनका धेरै गीतहरू त्यतिबेला चर्चाको शीर्षमा रहन्थे। हेमा मालिनीसँगको उनको प्रेम र विवाह पनि धेरै चर्चित भयो।
सुन्दर अभिनेता भनेर चिनिने उनलाई अभिनेत्री माधुरी दीक्षित, सलमान खान र जया बच्चनलगायत धेरै कलाकारले ‘सबैभन्दा सुन्दर’ भनेका छन्। धर्मेन्द्र भने आफ्नो रूपको प्रशंसा सुन्दा लजाउने गर्थे र श्रेय आमाबुबा र प्रकृतिलाई दिन्थे।
१९३५ डिसेम्बर ८ मा पञ्जाबको लुधियानामा एक साधारण सिख परिवारमा जन्मिएका उनले बाल्यकालमै फिल्मप्रति लगाव बढाए। उनले नौ कक्षामा हुँदा पहिलो फिल्म हेरेका थिए र त्यहीबेला फिल्म जगतमा प्रवेश गर्ने सपना देखेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे