
काठमाण्डौ-युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले नेपालका लागि भिडोल लुब्रिकेन्टको आधिकारिक वितरकको रूपमा डिलर मिट आयोजना गरेको थियो। गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो कार्यक्रममा देशभरका ४२ डिलरहरूले सहभागिता जनाएका थिए।
भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थितिलाई उत्साहप्रद बताउँदै कम्पनीको भविष्यको रणनीति र विश्व बजारमा भिडोललाई प्रबर्धन गर्ने योजनाबारे जानकारी दिएका थिए। युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले भिडोललाई नेपाली ग्राहकहरूसम्म पु-याउन डिलरहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, आगामी दिनमा सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।
सो अवसरमा, भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी हस्तान्तरण गरिएको थियो। जनरल म्यानेजर दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको र सबै डिलर प्रतिनिधिहरूलाई ‘टोकन अफ लभ’ दिइएको थियो।
अब नेपालमा भिडोल लुब्रिकेन्टको उत्पादन सुरु भएको छ। विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध भएको छ र नेपाल यो लाइसेन्स प्राप्त गर्ने १२औं देश बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे