
काठमाडौँ, १९ भाद्र ।सेप्टेम्बर ३ मा, VED इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले ललीतपुर शाखामा वेद एक्स्पो सफलतापूर्वक सम्पन्न गरेको छ।
ECAN का निवर्तमान अध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेष राज भट्टराईद्वारा संयुक्तरुपमा रिवन काटेर सुरूवात गरिएको उक्त एक्स्पोले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा, यूके र न्यूजील्याण्ड गरेर पाँच विशिष्ट अध्ययन गन्तव्यहरूलाई समेटेर आकर्षक प्रदर्शन गरेको थियो।
एक्स्पोमा 500 भन्दा बढी विद्यार्थीहरूले सहभागी भई उनीहरूले प्रतिष्ठित युनिभर्सिटीहरूका सम्मानित प्रतिनिधिहरूसँग वन टु वन काउन्सिलीङगरेर एब्रोडस्टडीको बारेमा शैक्षिक परामर्श लिनुका साथै छलफलसमेत गरेका थिए।
उक्त कार्यक्रमले सहभागीहरूलाई उनीहरूको अन्तर्राष्ट्रिय शैक्षिक कार्यहरूलाई समर्थन गर्ने सम्भावित अवसरहरूमा विस्तृत जानकारी थप प्रोत्साहनको रूपमा, सहभागीहरूले एक्स्पोको समग्र आकर्षणलाई बढाउँदै आकर्षक उपहार र विशेष अफरहरू जित्ने अवसर पनि पाएका थिए।
VED इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सि ई वो आशिक कार्कीले कार्यक्रम सफल्तापुर्वक सम्पन्न भएको जानकारी गर्दै उपस्थित विद्यार्थी ,अभिभावक रिप्रिजेनटेटीभ साथै बैंकिङ साझेदारहरुमा धन्यवाद व्यक्त गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे