
काठमाडौँ , फागन २०। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात गरिने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्, जसको परिणामस्वरूप अमेरिकी सेयर बजारमा गिरावट आएको छ। ट्रम्पले सम्झौताका लागि समय सकिएको भन्दै आफ्नो पूर्व घोषणा अनुसार निर्णय लागू गर्ने बताएका छन्।
यस कदमको प्रतिक्रिया स्वरूप क्यानडाले अमेरिकी आयातमा १५५ अर्ब डलरको जवाफी भन्सार शुल्क लगाउने योजना बनाएको छ। क्यानडाका विदेशमन्त्री मेलानी जोलीले भने, ‘हामी व्यापार युद्ध चाहन्नौं, तर अमेरिका अघि बढे भने हामी पनि प्रतिक्रिया दिनेछौं।’ मेक्सिको र चीनले पनि उक्त महसुलको प्रतिवाद गर्ने निर्णय गरेका छन्, जसले विश्वव्यापी व्यापार युद्धको सम्भावना बढाएको छ।
ट्रम्पले यस कदमलाई अवैध लागूऔषध र आप्रवासीको प्रवाह रोक्न आवश्यक भएको बताएको छ। यसका साथै, ट्रम्पले चीनको निर्यातमा १० प्रतिशत भन्सार शुल्क लागू गरिसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे