
काठमाडौँ, १५ माघ । अमेरिकाको उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज (आइतबार) नेपाल आउँदै छिन्।
परराष्ट्रका मन्त्रालयका अनुसार राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्याण्ड दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन् । दुई दिनसम्म काठमाडौंमा रहँदा उनले विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको सरकार बनाएपछि उनको यो काठमाडौं भ्रमण पहिलो हो ।
परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे