
काठमाडौँ, १२ श्रावण । दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।बिहीबार अपरान्ह नयाँ दिल्ली हुँदै दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू काठमाडौं आइपुगेका हुन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आएका हुन् ।
एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका लु फेरी अमेरीकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को चर्कौ विरोधका बिच नेपाल आएका छन् ।यसअघि नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने मन्त्रिस्तरीय निर्णय गरीसकेको छ ।
लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । लु यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे