
काठमान्डौ , १३ असार | राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदूभावमा खलल पुर्याउने अभद्र, द्धिअर्थी र अपाच्य खालका तीज गीत सार्वजनिक नगर्न सम्पुर्ण कलाकारलाई आग्रह गरेको छ ।
अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् ।
उनले एक विज्ञप्ती जारी गर्दै लेखेका छन्, ‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सदभावमा खलल पुर्याउने एवं अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौं ।’
पछिल्ला समयमा उच्छंखल गीतहरुले तीजमा स्थानमा पाउन थालेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे