
काठमाडौँ ३० असार | अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट गरेको छ ।यस कम्पनीको आईपीओ असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल गरेको थियो ।
यो शेयरमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। जसमध्ये १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका थिए भने १ हजार ७९१ जनाको आवेदन रद्द भएका थिए ।
एनएमबि क्यापिटलका अनुसार १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।कम्पनीको अनुसार भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे