
काठमाडौँ, १३ बैशाख । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।
उनले २८ हजार ४ सय १५ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए।
त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने जम्मा २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन्।
बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । यसअघि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे