
काठमाडौँ , २५ वैशाख | काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु भएको छ । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
महानगरले सडक किनारका पोलहरूमा रहेको अव्यवस्थित तारको जालोलाई व्यवस्थित पार्ने अभियानकाे सुरु गरेकाे छ । बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलहरुमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको छ ।
दूरसञ्चार प्राधिकरणले तार व्यवस्थित बनाउने कामका लागि रुट प्लान समेत सार्वजनिक गरेको छ । पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर र असन क्षेत्रको तार व्यवस्थापनको काम हुने भएकाे छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे