
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता घोषणा हुँदैछ। अध्यक्ष पदमा पराजित भएपछि राप्रपा छाडेका कमल थापा करिब चार वर्षपछि पुनः राप्रपामै फर्किन लागेका हुन्।राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार दुई राष्ट्रवादी दलबीचको एकता घोषणा आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुँदैछ ।
एकतापछि राप्रपा नेपालका नेताहरूलाई पार्टीमा सम्मानजनक भूमिका दिने प्रतिबद्धता अध्यक्ष लिङ्देनले व्यक्त गरेका छन्। सैद्धान्तिक सहमति भइसके पनि दुवै पक्षबाट प्रतिनिधिसभाको समानुपातिक बन्द सूची भने पठाइएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे