
काठमाडौँ ,११ मंसिर | मंसिर ४ मा भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा नेकपा एमाले समानुपातिकतर्फ अग्रस्थानमा रहेको छ। नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।समानुपातिक तर्फ एमाले पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर पहिलो स्थानमा रहेको छ । कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सात ८८१३, नेकपा माओवादी केन्द्रले ५७९१, मङ्गोल नेशनल अर्गनाइजेशनले ३१९८, नेकपा एकीकृत समाजवादीले १९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १५४२, राष्ट्रिय जनमोर्चाले ६३२, राष्ट्रिय जनमुक्ति पार्टीले ५४०, जनमत पार्टीले १३० मत प्राप्त गरेको छ।
प्रदेशसभातर्फ एमाले ५५६३ मत ल्याएर समानुपातिकमा पहिलो बनेको छ। कांग्रेसले ३९८६८ , माओवादी केन्द्रले ८२१६, मङ्गोल नेशनल अर्गनाइजेशनको ३९०५, एकीकृत समाजवादीले ३७४०, राप्रपाले ३०१५, राष्ट्रिय जनमोर्चाले १०३३, राष्ट्रिय जनमुक्ति पार्टीले ७०४८, हाम्रो नेपाली पार्टीको ४९४, जनमत पार्टीले २४९, जनता समाजवादी पार्टीले २४२, नेपाल आमा पार्टीले १७७, नेकपा माक्र्सवादी लेलिनवादीले १४८, जनसमाजवादी पार्टीले १०६ मत प्राप्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे