
काठमाडौँ — पोखरामा हुन लागेको जेनजीको कार्यक्रम बिथोल्ने प्रयास भएको आरोप नेकपा एमालेमाथि लागेको छ। जेनजी परिषद्का संयोजक सुदन गुरुङले आफू पोखरा जाँदै गरेको जानकारी पाएपछि एमालेका केही समूहले कार्यक्रम रोक्न खोजेको दाबी गरेका छन्। उनका अनुसार, जेनजी भाइ–बहिनीहरूको संगठन बलियो बनाउन र पोखराका आमाबुबा तथा युवाहरूसँग भेट्न उनीहरूको टोली पोखरा जान लागेको हो।
गुरुङले भनेका छन्, “हामी पोखरा जाने खबर लागेपछि केही समूह र एमालेले कार्यक्रम बिथोल्न धेरै प्रयास गरेको सूचना पायौँ। तर यसले हामीलाई रोक्दैन। हामी देशका लागि लडेर आएका मानिस हौं। आज कसैसँग सामना गर्न डराउँदैनौँ। हामी सत्य र देशको पक्षमा उभिन्छौँ।”
उनले सबै दाजुभाइ–दिदीबहिनीका आवाजसँग जोडिन र संगठन अझ बलियो बनाउन आफूहरू पोखरा पुग्ने पनि स्पष्ट गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे