
काठमाडौँँ । नेकपा (एमाले) ले बिहीबार दिउँसो १ बजे सचिवालय बैठक डाकेको छ। स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, साउन २ र ५ गते हुने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी गर्न यो बैठक बोलाइएको हो। बैठकमा भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल हुनेछ।
उक्त महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, शंकर पोखरेलले सांगठनिक र विष्णु पौडेलले विधान संशोधन प्रस्ताव ल्याउनेछन्। संशोधन प्रस्तावमा ७० वर्ष उमेरहद र अध्यक्षको कार्यकाल सिमाका व्यवस्था हटाउने कुरा अघि बढाइएको छ। यसअघि २०८० जेठमा उमेरहदको नियम रोकिएको थियो। अध्यक्षको कार्यकाल सिमांकनबारे पार्टीभित्र अझै विवाद कायमै छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे