
काठमाडौँ , २३ मंसिर | नेकपा (एमाले) को शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफलका लागि बैठक बोलाइएको थियो ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठक तत्काललाई स्थगित भएको जानकारी दिए । आजको बैठकमा एमालले प्राप्त गरेको समानुपातिक सिटमा संसद सिफारिस र भर्खरै सम्पन्न निर्वाचनका सम्बन्धमा समीक्षा र समीक्षालगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका थिए ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट सङ्ख्या प्राप्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे