
हेटौंडा — नेकपा एमालेले वागमती प्रदेश सरकारमा पठाउने आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएको छ। कांग्रेसका इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने एमालेले आफ्ना ६ जना मन्त्री छनोट गरेको हो।
यीमध्ये एक जना पुरानै मन्त्री दोहोरिने भएका छन् भने बाँकी पाँच नयाँ अनुहार सरकारमा पठाइनेछ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी फेरि पनि किरण थापामगरलाई दिइने भएको छ। उनी यसअघि पनि सोही मन्त्रालयमा थिए।
बाकी नयाँ मन्त्रीहरूमा श्रम, रोजगार तथा यातायात मन्त्रालयका लागि काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रालयमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा, र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंगो लगाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे