
काठमाडौँ ,६ असोज | नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन । पूर्वआइजीपी खनालले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए ।
उनले नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुदै प्रमुख समेत भएर काम गर्दा केपी ओली जस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् ।आफूले सातवटा प्रधानमन्त्री भोगेको तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री केहिँ पाइन भन्दै खनालले प्रशंसा समेत गरे ।
देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ ।
सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे