
काठमाडौँ , ४ मसिर । आज बिहान युक्रेनले रुसी भूमिमा लामो दुरीको मिसाइल आक्रमण गरेको छ। युक्रेनी सेनाले रुसी सैन्य संरचनामा लक्षित मिसाइल प्रहार गरेको र उक्त आक्रमणले रुसी सहरहरूमा ठूलो क्षति पुर्याएको बताइएको छ। प्रारम्भिक विवरण अनुसार, यो आक्रमण युक्रेनको रक्षा बलहरूले उच्च सटीकता मिसाइल प्रयोग गरी सम्पन्न गरेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइलबाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार आक्रमण गरेको हो ।
युक्रेनले मंगलबार रुसको सीमावर्ती ब्रियान्स्क क्षेत्रमा ‘ए।टी।एसी।एम।एस।’ मिसाइलबाट आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसको सैनिक अधिकारीहरूले युक्रेनी आक्रमणको पुष्टिकरण गर्दै केही क्षतिको रिपोर्ट गरेका छन् तर यसको विस्तृत विवरण अझै पत्याउन सकिएको छैन। रुसको आन्तरिक सुरक्षामा पनि खलबली मच्चिएको छ र युक्रेनी सेनाले अझै पनि आक्रमणलाई रणनीतिक रुपमा जारी राख्ने संकेत गरेका छन्। रुसको रक्षा मन्त्रालयलका अनुसार युक्रेनको उत्तरी सिमानामा रहेको ब्रायनस्क क्षेत्रलाई निशाना बनाइ प्रहार गरिएको ८ वटा मिसाइलमध्ये दुईवटा रुसले रोकेको र अन्य मिसाइलले रुसमा सामान्य क्षति पुर्याएको छ ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनको यो कदमको विरोध गर्दै वाशिङटनले द्वन्द्वलाई चर्काउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले यो कदमलाई रुस विरुद्धको पश्चिमी युद्धको नयाँ अनुहारको रूपमा लिने प्रतिक्रिया
युक्रेनको सरकारद्वारा जारी गरिएको एक विज्ञप्तिमा यो आक्रमणलाई स्वतन्त्रता र क्षेत्रीय अखण्डता बचाउने प्रयासू भन्दै रुसमाथि दबाव बढाउने उद्देश्य रहेको उल्लेख गरिएको छ। यस घटनाले दुई देश बीचको तनावलाई अझ बढाएको छ र अन्तर्राष्ट्रिय समुदायले यसको कडा विरोध जनाएको छ।
यस घटनापछि, युक्रेन र रूस बीचको युद्ध अझ जटिल हुने आशंका गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे